दफा २३
दण्ड सजाय
: दफा २२ को देहायको खण्ड बमोजिमको कसूर गर्नेलाई देहाय बमोजिमको सजाय हुनेछ ः-
(क) खण्ड (क), (ख) र (ग) बमोजिमको कसूर गर्नेलाई बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(ख) खण्ड (घ) विपरीत कसूर गर्नेलाई कसूरको प्रकृति हेरी एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।